Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घान्द्रुक जीप दुर्घटना : मृतक ८ जनाकै सनाखत, चालक बाहेक सबै काठमाडौंका २५ वर्ष मुनीका युवा युवती

पोखरा । दशैं विदा मनाउन काठमाडौंबाट घान्द्रुक घुम्न जाने क्रममा हुदु भन्ने स्थानकाे कलाभिरमा दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ । कास्कीको पर्यटकीय गाउँ घान्द्रुक गइरहेको जीप मोदी खोलामा खसेको हो । उनीहरु सबैजसो काठमाडौंका रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापा आफै घटनास्थल पुगेर मृतकहरुको पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाएका छन्। दुर्घटनामा घाइते २० वर्षीया देविका घिसिङलाई उपचारका लागि पोखरा पठाइएको छ। उनी भीरमा अड्किएर बाँचेकी हुन्। उनी काठमाडौं ३ गोंगबुकी बासिन्दा हुन्।

काठमाडौंबाट बसमा गएका उनीहरु पोखरा–बागलुङ राजमार्गको नयाँपुलबाट ग१ज ६९०० नम्बरको बोलेरो जीप रिजर्भ गरी घान्द्रुक हिँडेका थिए। जीप घान्द्रुक नपुग्दै हुदु भन्ने ठाउँको भीरबाट डेढ सय मिटर तल मोदीखोलामा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउने चालक ४२ वर्षीय खुसीमा क्षेत्री र अर्का १ जना बाहेक अरु ६ जना २५ वर्षभन्दा साना छन् र उनीहरु काठमाडौंको भएको पनि खुलेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा जीप चालक कास्की अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री, काठमाडौं ३ गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीया सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशीष आले, २७ वर्षीय विनय क्षेत्री रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077