Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपाल र फान्सेली राजदूतबीच भेटवार्ता, दुई देशको सम्बन्धलाई थप बलियो बनाउने प्रयत्न

काठमाडौं । नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत गिल्स बोर्बाओ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

नेपाल-फ्रान्स पार्लियामेन्टरी कमिटीका संयोजक समेत रहेका नेपाललाई मंगलबार भेटेर राजदूत गिल्सले नेपाल र फ्रान्सबीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने बताएका छन् ।

भेटमा राजदूत बोर्बाओले नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा नेपाल र फ्रान्स बीचको सम्बन्धलाई उचाइँमा पुर्‍याउने बताएका हुन् ।

अध्यक्ष नेपालले नवनियुक्त राजदूत बोर्बाओलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए ।

भेटका अवसरमा नेपाल-फ्रान्स सम्बन्ध, सहयोग र सहकार्यको इतिहास, वर्तमान र भविष्यका संभावनाका विषयमा कुराकानी भएको नेकपा समाजवादी पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077