Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

रोनाल्डोको ह्याट्रिकमा लक्जुम्बर्गमाथि पोर्चुगलको ५-० को सानदार जित

एजेन्सी । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिकको सहयोगमा  फिफा विश्वकप २०२२ को छनोट अन्तर्गत समूह ए को खेलमा पोर्चुगलले लक्जुम्बर्गमाथि ५ -० को सानदार जित दर्ता गरेको छ ।

पोर्चुगलको फराकिलो जितमा रोनाल्डोको ह्याट्रिकसहित, ब्रुनो फर्नान्डेस र जोआओ पाल्हिन्हाले एक/एक गोल गरे।

रोनाल्डोले खेलको आठौं र १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दो पोर्चुगललाई २-० को अग्रता दिलाएका थिए । त्यसैगरी १७ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गरेका थिए । ६९ औं मिनेटमा जोआओ पाल्हिन्हाले अग्रता बढाएका थिए । खेल सकिन ३ मिनेट बाँकी हुँदा रोनाल्डोले हेडरमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

यस जितसँगै पोर्चुगल अंक तालिकामा दोस्रो स्थानमा कायम छ । शीर्षस्थानको सर्बियाको ७ खेलमा १७ अंक तथा पोर्चुगलको ६ खेलमा १६ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077