Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • विभिन्न स्थानमा भएका सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख ब्यक्त

    विभिन्न स्थानमा भएका सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख ब्यक्त

    अनलाइन नेपाल
  • बुधबार, २७ असोज २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दशैंका बेला देशभरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनाका समाचारले आफू स्तब्ध भएको बताएका छन् ।

    फुलपातीको दिन हिजो सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले सो समाचारले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना प्रकट गरेका हुन् ।





    उनले ती दुर्घटनामा मृत्यु भएकाहरुका परिवारलाई उचित राहत र घाइतेहरुको उद्वार एवं निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने पनि बताएका छन् ।

    साथै प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि ट्वीटमार्फत‍ सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।

    उनले भनेका छन्–‘मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले म स्तव्ध भएको छु। दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु। दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ। सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार