Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मध्य रातमा वैतडीमा ट्र्याक्टर दुर्घटना,चालकको मृत्यु

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–३ तारनमा मध्यराती ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते छन् । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–३ पंसेरा निवासी २३ वर्षका योगेश पाल छन् । दुर्घटनामा परी सोही स्थानका २० वर्षीय रुपेश कोली घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बैतडी गोकुलेश्वरबाट सद्बाजतर्फ आइरहेको ट्र्याक्टर मंगलबार राति करिब १२ बजे दुर्घटना भएको हो । दुर्घटनामा घाइते ट्र्याक्टर चालक पालको उपचारका क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077