Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

४५५ जनामा संक्रमण पुष्टि हुँदा ८०४ जना डिस्चार्ज, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५५  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८०४  जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१८  पीसीआर परीक्षणमा ३९८ र २ हजार ७९६  एन्टिजेन परीक्षणमा ५९७ जना गरी ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार भने सोही समयमा ८ जनाको मृत्यु भएको छ । हाल देशभर १२ हजार ७९१ जना होम आइसोलेसनमा र १,०६२ जना होम आइसोलेसनमा छन् ।

हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार २६९ पुगेको छ।

यसअघि हिजो बुधबार ३६५ जनामा संक्रमण पुष्टि हुँदा ६११० जना डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077