Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जीप सडकबाट ५०० मिट तल खस्यो, ३ जनाको मृत्यु ६ घाइते

गुल्मी । नहमीको दिन राती गुल्मीको रेसुङ्गा नगरपालिका–१० पाँचरातेमा दुर्घटना हुँदा ३ तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति अनियन्त्रित भई सडकबाट ५०० मिटर लत खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका–२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँका १९ वर्षीया सङ्गीता सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको उपचारका क्रममा तम्घासस्थित गुल्मी अस्पतालमै मृत्यु भएको थियो ।

दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ भने एक जनाको गुल्मी अस्पतालमै उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077