Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ससुरालीबाट टिका थापेर घर फर्किदा लडेर मृत्यु

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको  मृत्यु भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृत्यु भएको हो ।

राउतको शुक्रबार बाम्राङकै नंग्रेखोलामा भीरबाट करिब ५० मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

मादक पदार्थ सेवन गरेका कारण राउत लडेको अनुमान गरिएको छ । राउतको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पु¥याइएको प्रहरीले जनाएको छ । घट्नाका विषयमा अनुसन्धान अघि बढाइएको डिएसपी लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077