Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सर्लाहीमा हतियारसहित  एक जना पक्राउ

सर्लाही। प्रहरीले सर्लाहीमा हतियारसहित  एक जनालाई पक्राउ गरेको छ।

सर्लाहीको बलरा नगरपालिका ३ स्थित लक्ष्मीपुरका नवनीत झा हतियारसहित पक्राउ परेका हुन् ।

छिमेकी विनय झासँग नवनीत झाको सामान्य झगडा हुँदा नवनीत झाले पेस्तोल निकालेपछि गाउँलेहरुले नवनीतबाट पेस्तोल खोसेर प्रहरीलाई जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय बलराका  अनुसार गाउँमा भएको सामान्य विवादमा पेस्तोल निकाली गाउँलेलाई ताक्ने नवनीत झालाई पेस्तोल र मैग्जिनसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका  झालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077