Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोभिड महामारीलाई बेवास्ता गरेका  ब्राजिलका राष्ट्रपतिबिरुद्ध मुद्दा लगाउने तयारी

    कोभिड महामारीलाई बेवास्ता गरेका  ब्राजिलका राष्ट्रपतिबिरुद्ध मुद्दा लगाउने तयारी

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 1.1K
    SHARES

    एजेन्सी। कोभिड कुनै रोग नभएको भन्दै कोभिड महामारीलाई बेवास्ता गरेका  ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोबिरुद्ध ११ वटा अपराधिक मुद्दा दायर हुन सक्ने एक सिनेटरले बताएका छन् । कोभिडबाट ब्राजिलमा अहिलेसम्म ६ लाख मानिसको मृत्यु भइसकेको छ ।

    कोभिड महामारीबारे हल्का टिप्पणी गर्ने र रोकथाम तथा नियन्त्रणको उपाय नचाल्ने राष्ट्रपतिबिरुद्ध विभिन्न अयिोगमा मुद्दा चलाउन सकिने सिनेटर रेनान कालहेरोसले बताएका हुन् । रेनान कोभिड महामारीबाट देशमा भएको ठूलो जनधनको क्षतिबारे अनुसन्धान गर्न गठित समितिका प्रमुख हुन् ।



    एउटा रेडियो अन्तर्वार्तामा रेनानले छानबिनले देशको जनजातिको वंश विनाश, सार्वजनिक कोषको प्रयोगमा अनियमितता, सरसफाई मापदण्डको उल्लंघन, अपराध गर्न दुरुत्साहन र फर्जी कागजातजस्ता अभियोगमा राष्ट्रपतिबिरुद्ध मुद्दा दायर गर्न सकिने बताए ।



    राष्ट्रपतिसँगै उनका छोरा र पूर्व स्वास्थ्य मन्त्री इडियुआर्डोबिरुद्ध पनि मुद्दा लगाउन सकिने समाचारमा जनाइएको छ ।

    कोभिड महामारीबारे सरकारको लापरबाही गरेको र ठूलो क्षतिबारे गठित अनुसन्धान समितिले आफ्नो प्रतिवेदन मंगलबार सार्वजनिक गर्ने तयारी छ ।

    बिहीबार महान्यायाधिवक्तासमक्ष प्रतिवेदन पेस गर्नुअघि राष्ट्रपति र अन्य व्यक्तिलाई अभियोग लगाउने वा नलगाउने भन्ने बारेमा बुधबार समितिका सदस्यहरुले प्रतिवेदनमाथि मतदान गर्नेछन् । एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार