Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अचानक जङ्गी अड्डा पुगेर रक्षामन्त्रीले भने–नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्न गर्छु

काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणका क्रममा आज रक्षामन्त्री रिजालले राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्न गर्ने बताए ।

जङ्गी अड्डाले जनाए अनुसार रक्षामन्त्री रिजालले सेनाले प्राथमिकतामा राखेका कार्यहरुको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि प्रयत्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माले पनि रक्षामन्त्रीलाई स्वागत गर्दै नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077