Online Nepal
  • सोमबार, १४ जेष्ठ २०८१
  • शाहरुख खानका छोरा आर्यनले भने, ‘जेलबाट निस्किएपछि असल मान्छे बनेर देखाउँछु’

    शाहरुख खानका छोरा आर्यनले भने, ‘जेलबाट निस्किएपछि असल मान्छे बनेर देखाउँछु’

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 2K
    SHARES

    एजेन्सी । बलिउड बादशाह शाहरुख खानका छोरा आर्यन खान जेलमा छन्। अक्टोबर १४ मा क्रुजमा ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेका उनले लगातारको प्रयासपछि पनि जमानत पाएका छैनन्।

    एनसीबीको हिरासतमा रहँदा उनको काउन्सिलिङ भएको खुलासा भएको छ। काउन्सिलिङको क्रममा आर्यनले जेलबाट बाहिर निस्किएपछि आफू राम्रो मान्छे बन्ने बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।



    आर्यनसहित पक्राउ परेका ८ जनालाई नै काउन्सिलिङ गराइएको थियो। एक एनसीओका कर्मचारीले उनीहरुलाई काउन्सिलिङ गराएका थिए। यसबाहेक समीर वानखेडेले पनि आर्यनलाई काउन्सिलिङ गराएका थिए। जसमा आर्यनले आफूले अब उत्तम मानिस बनेर देखाउने वाचा गरेका थिए। यसबाहेक आर्यनले समाजमा रहेका कमजोर मानिसहरुलाई सहयोग गर्ने पनि बताएका छन्।



    ‘यहाँबाट निस्किएपछि एक असल मानिस बनेर देखाउँछु। समाजमा रहेका निम्न वर्गका मानिसहरुलाई सहयोग गर्छु,’ आर्यनको भनाई उद्धृत गर्दै एनसीबीले स्रोतले भन्यो।

    हाल आर्यन आर्थर रोड जेलमा कैदी नम्बर एन९५६ रहेका छन्। आर्यनसहित अन्य कैदीहरुलाई ब्यारेक नम्बर १ को क्वारेन्टाइन ब्यारेकबाट निकालेर सामान्य कैदीहरुकोबीचमा सिफ्ट गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार