Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बालोन डी’ओर : मेसीले क–कसलाई दिँदैछन् भोट ?

एजेन्सी – पेरिस सेन्ट जर्मन(पिएसजी) का स्ट्राइकर लियोनल मेसी आफैं बालोन डी’ओरको दौडमा छन्। उनी किर्तीमानी ७ पटक बालोन डी’ओर जित्ने चाहनामा छन्।

मेसीले केही दिनअघि एक अन्तरवार्तामा आफूले बालोन डी’ओरका लागि क–कसलाई भोट गर्ने भनेर जानकारी दिएका छन्। उनले आफ्ना सहकर्मी नेयमार जुनियरलाई भोट गर्ने बताएका छन्।

त्यसैगरी मेसीले पिएसजीकै अर्का सहकर्मी केलियन एमबाप्पेलाई पनि भोट गर्ने बताए। मेसीले स्पेनिस क्लब रियल मड्रिडका खेलाडी करिम बेन्जेमाको प्रशंसा गर्दै उनी पनि आफूले भोट गर्ने खेलाडीको सूचिमा रहेको जानकारी दिए। त्यस्तै उनले बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पनि भोट गर्ने बताएका छन्।

‘मेरो टिममा दुईजना साथीहरु छन्। म उनीहरुलाई सजिलै भोट गर्छु,’ मेसीले भने, ‘त्यसपछि रोबर्ट लेवान्डोस्कीलाई, जसले धेरै उत्कृष्टरुपमा वर्ष बिताए। मैले भोट गर्ने सूचीमा बेन्जेमा पनि छन्।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077