Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालबाट भारतमा गएर चोरी, रातारात जेलबाट फरार नेपाली चरेससहित पक्राउ

एजेन्सी – भारतीय प्रहरीले एक नेपालीलाई चोरीको आरोपमा पक्राउ गरेको छ। उत्तर प्रदेशको महाराजगंज जिल्लामा ११ महिना पहिले जेलबाट फरार भएका नेपाली पक्राउ परेका हुन्।

आरोपी चोरमाथि २० हजार रुपैयाँको इनाम पनि राखिएको थियो। पक्राउ पर्नेमा मुसम्मी राजमन रहेका छन्। उनी नेपाली नागरिक भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। उनी भारतमा चोरी गर्दै नेपाल आउने र केही समयपछि पुनः उतै गएर चोरी गर्ने गर्दै आएका थिए।

भारतीय प्रहरीले उनको साथबाट डेढ किलो चरेस पनि बरामद गरेको छ। विशेष सुचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको त्यहाँको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077