Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हात्ती धपाउन आफ्नै घरमा थापेको पासोमा पर्दा महिलाको मृत्यु

झापा । हात्ती धपाउन थापिएको पासोमा परेको झापामा एक जना महिलाको मृत्यु भएको छ । हात्ती धपाउन राखेको तारमा छुँदा भद्रपुरकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयल झापाका अनुसार हात्ती धपाउन प्रवाह गरिएको करेन्ट लागेर सोमबार बिहान ८ बजे भद्रपुर १० केन्द्र मोडकी ५४ वर्षीया कल्पना राईको मृत्यु भएको हो।

आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तारमा अचानक छुँदा उनलाई करेन्ट लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077