Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतको उत्तराखण्डमा तीन नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डमा पहिरोमा परी ३ नेपालीको मृत्यु भएको छ। अविरल वर्षापछि आएको बाढीपहिरोमा परी तीन नेपाली श्रमिकको मृत्यु भएको हो।

मृतकहरु होटल निर्माणमा खटिएका श्रमिकहरु समखल भन्ने स्थानमा टेण्टमा बसेको र त्यँहा पहिरो खसेको जिल्ला धिकारी विजयकुमार जोगदान्डेले जानकारी दिएका छन्। उनका अनुसार लगातारको वर्षाका कारण माथिल्लो भागबाट जमिन खस्दा उनीहरु पुरिएका हुन्।

पहिरोमा अन्य दुई नेपाली घाइते भएका छन्। उनीहरुलाई अस्पताल भर्ना गरिएको छ। भारतका अन्य स्थानमा पनि बाढी र पहिरोले बितण्डा मच्चाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077