Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तेह्रथुममा पति र पत्नीबीच कुटाकुट हुँदा पतिको मृत्यु

तेह्रथुम । तेह्रथुममा पति र पत्नीबीच कुटपिट हुँदा पतिको मृत्यु भएको छ । मृत्यु हुनेमा छथर गाउँपालिका–३ ज्यामिरे बस्ने ५४ वर्षीय गोबिन्द बहादुर लिम्बु रहेका छन्।

सामान्य विवाद भएपछि गोबिन्द र उनकी पत्नी ५२ वर्षीया भक्तकुमारी लिम्बुबीच कुटाकुट भएको थियो। गोबिन्द बहादुरको आइतबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनीहरुबीच आफ्नै घरमा झगडा तथा कुटपिट हुँदा टाउकोमा चोट लागी गम्भीर घाइते भएका गोबिन्द बहादुरको छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै बेहोस अवस्थामा रहेकी भक्त कुमारीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरान घोपा अस्पताल रिफर गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077