Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध, सवारी साधन र यात्रुहरु बाटोमै अलपत्र

बझाङ । आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारुगौडामा बाढी आएको र नयाँ सडकको माथिबाट पहिरो आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव नघटेका कारण राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए ।

राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायत स्थानका लागि छुटेका सवारी साधन र यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077