Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्णचन्द्रले अन्याय गरेका बाबुराम श्रेष्ठ दुई तारे जर्नेलमा बढुवा

काठमाडौं। नेपाल सरकारले  सहायक रथी बाबुराम श्रेष्ठलाई दुई तारे जर्नेलमा बढुवा गरेको छ । बढुवासँगै श्रेष्ठले मध्य कमाण्ड पोखरामा नयाँ पदावलीअनुसार सेनापतिको जिम्मेवारीसमेत पाएका छन् ।

उनलाई गत बर्ष २७ बाहिनीपति सिराहामा हुँदा तत्कालिन सेनापति पूर्णचन्द्र थापाले आफ्नै जिल्लावासी गोर्खाका एक युवकको भर्ना  काण्ड लगाएर बढुवाबाट बन्चित गरेका थिए ।

उक्त घटनामा श्रेष्ठ संलग्न नभए पनि थापाले पूर्वाग्राह राखेर कारबाही गरेको सेनाभित्रै चर्चाको बिषय बनेको थियो।

थापाले आचारसंहिता बिपरित एक बर्ष बढुवा रोक्का गरी सहदेव खड्का,सन्तोष ढकाल र हिरालाल जोशीभन्दा श्रेष्ठलाई पछि पारिदिएका थिए ।

श्रेष्ठ सेनाका २६ बेसिकका अधिकृत हुन् । उनले पाकिस्तानबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077