Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बालोन डी’ओर मेसीले जित्नुपर्छ : पिके

एजेन्सी – वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने बालोन डी’ओर यो वर्ष कसले पाउला भनेर विभिन्न अड्कलबाजीहरु भइरहेका छन्।

बालोन डी’ओरको मुख्य दाबेदारका रुपमा लियोनल मेसी, रोबर्ट लेवान्डोस्की, क्रिस्टियानो रोनाल्डो र जर्निन्होलाई हेरिएको छ।

त्यसैगरी करिम बेन्जेमा पनि बालोन डी’ओर जित्ने दौडमा छन्।

यसैबीच बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले बालोन डी’ओर कसले जित्छ भन्ने प्रश्नमा आफ्नो धारणा व्यक्त गरेका छन्।

पिकेले मेसीले बालोन डी’ओर जित्नुपर्ने बताएका छन्।

बार्सिलोनामा रहँदाका सहकर्मी मेसी यसको हकदार भएको उनको दाबी छ। बालोन डी’ओर विजेता नोभेम्बर २९ मा घोषणा गरिँदैछ।

‘बालोन डी’ओर ? यदि मापदण्ड अनुसार भोट गर्ने हो भने यो मेसीले,’ पत्रकारको प्रश्नको उत्तर दिँदै उनले भने, ‘यदि सर्वोत्कृष्ट छाने भने पनि त्यो मेसी नै हो।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077