Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाढीमा फसेकाहरुको उद्धारका लागि सेनाको हेलिकप्टर जाँदै

धनगढी– सुदूरपश्चिममा आएको बाढी पहिरोमा फसेका नागरिकहरुको उद्धारका लागि हेलिकप्टर जाने भएको छ। मंगलबार खराब मौसमका कारण उद्धार कार्य हुन सकेको थिएन।

प्रदेश सरकारकाक अनुसार आज मौसममा केही सुधार भएसँगै बैतडी र बझाङस्थित बाढी पहिरोमा परेर फसेका नागरिकको उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी गरएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीका अनुसार उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाइने छ। ‘पहाडी क्षेत्रमा सञ्चार सेवा विच्छेद हुँदा जोखिमको पूर्ण जानकारी आएको छैन,’ मन्त्री जोशीले भनिन्, ‘केही स्थानमा हिजोदेखि मानिस फसेको भन्ने जानकारी आएको छ। ती स्थानमा तत्कालै हेलिकोप्टर पठाउने तयारी गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077