Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सच्चा कम्युनिष्टले आफ्नै पार्टीको सरकारलाई हटाएर विरोधीलाई साथ दिदैँन: ईश्वर पोखरेल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले अवसरवादको खेती गर्ने शक्तिहरु सच्चा कम्युनिष्ट हुन नसक्ने बताएका छन् ।

नेकपा एमाले कास्कीद्वारा आज पोखरामा आयोजित दशैं, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेता पोखरेलले सच्चा कम्युनिष्टले आफ्नो पार्टीको सरकारलाई हटाएर विरोधी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन नसक्ने बताए ।

जनताको समर्थन हुँदाहुँदै नेकपा एमाले नेतृत्वको सरकारलाई अपदस्थ गर्ने काम भएको बताउँदै पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिको मुद्दालाई जहाँ भए पनि नछोड्ने विश्वास व्यक्त गरे।

यस्तै, कार्यक्रममा नेकपा एमाले केन्द्रीय सचिव एवम् गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीको विधान अधिवेशनले पार्टी सङ्गठनलाई थप मजबुत र आगामी कार्य नीति निर्दिष्ट गरेको बताए।

यसैगरी पार्टी केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री खगराज अधिकारीले एमालेलाई थप सङ्गठित बनाएर आगामी निर्वाचनमा राज्यको नेतृत्व गर्न सक्ने गरी अघि बढाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077