Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सैनिक नियमावली संशोधन, सिपाहीबाट भर्ना भएकालाई बढुवाबाटै अधिकृत हुने बाटो खुल्यो

काठमाडौं । नेपाली सेनाले तल्लो तहका सैनिकहरुलाई फाइदा हुने गरी नियमावली संशोधन गरेको छ । नयाँ संशोधनअनुसार अब सिपाहीबाट भर्ना भएकालाई बढुवाबाटै अधिकृतसम्म पुग्ने बाटो खुलेको छ ।

गत भदौ १४ गते राजपत्रमा प्रकाशित भएपछि सैनिक सेवा नियमावलीको चौथो संशोधन कार्यान्वयन सुरु गरिएको छ । जसअनुसार तल्लो तहका कर्मचारीको मनोबल बढ्ने अपेक्षा गरिएको सैनिक स्रोतले जनाएको छ।

पछिल्लो समय सैनिक भर्नामा अपेक्षाभन्दा कम आवेदन पर्न थालेपछि बढुवाबाट समेत पदपूर्तिसम्बन्धी प्रावधान संशोधन गरिएको सैनिक स्रोतको भनाइ छ।

संशोधन अन्तर्गत अधिकृतस्तरको सबैभन्दा आधारभूत पद सहायक सेनानीमा पदपूर्तिको व्यवस्था संशोधन गरिएको हो  । यसअघि सहायक सेनानीमा रिक्त पदमध्ये खुला प्रतियोगितामार्फत ७० प्रतिशत तथा बाँकी ३० प्रतिशत पदमा आन्तरिक प्रतियोगितामार्फत पदपूर्ति हुन्थ्यो ।

अब १० प्रतिशत बढुवा तथा आन्तरिक प्रतियोगितामार्फत २० प्रतिशत र बाँकी ७० प्रतिशत भने खुला प्रतियोगिताबाटै पदपूर्ति हुने भएको छ । तसहायक सेनानीमा कम्तीमा २२ वर्ष सेवा अवधि पुगेका प्रमुख सुवेदार र सुवेदार बढुवाका उम्मेदवार हुने संशोधित नियमावलीमा उल्लेख गरिएको छ ।

यस्तै यसअघि सिपाहीमा भर्ना भएकाहरू बढुवा भएर प्रमुख सुवेदारसम्म मात्र पुग्थे । केहीलाई मानार्थ रूपमा सहायक सेनानीलगायत पद दिने गरिएको थियो । अब भने रिक्त बढुवाबाटै उनीहरूका लागि अधिकृत हुने ढोका खुलेको छ । सहायक सेनानीमा बढुवा हुन अन्तिम तीन वर्षको कार्यसम्पादन मूल्यांकन नम्बर न्यूनतम ६५ प्रतिशत ल्याएको हुुनुपर्ने प्रावधान नियमावलीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077