Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बाढीपहिरोमा परी मर्नेको संख्या ७७ पुग्यो, कुन जिल्लामा कतिले गुमाए ज्यान ?

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परी मर्नेको संख्या ७७ पुगेको छ। विगत चार दिनदेखिको अविरल वर्षाका कारण देशकाक विभिन्न स्थानमा बाढी र पहिरो आएको छ।

त्यस्तै बाढी पहिरोमा बेपत्ता हुनेको संख्या २७ पुग्दा घाइते हुनेको संख्या २२ पुगेको छ। गृहमन्त्रालयका अनुसार पहिरोमा पाँथरमा मात्रै २४ जनाको मृत्यु भएको छ। त्यस्तै इलमामा १३ जनाको मृत्यु भएको छ।

यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन्। धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ। यस्तै पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २–२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एक÷एक जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077