Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अपडेट : बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८८ पुग्यो

काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ। बेमौसमी वर्ष र त्यसपछि आएको बाढी पहिरोमा परी देशका विभिन्न स्थानमा सो संख्यामा मानिसहरुको मृत्यु भएको हो।

बाढीपहिरोमा परी बुधबार थप ७२ जनाको मृत्यु भएको थियो। बुधबार पाँचथरमा २७, इलाममा १३, धनकुटामा ७, उदयपुरमा २ र मोरङमा १ जनाको मृत्यु भएको छ । त्यसैगरी पश्चिमका बझाङ र हुम्लामा ६–६, डोटीमा ५, कपिलवस्तु, प्यूठान, डडेलधुरा, बैतडी र कैलालीमा १–१ जनाको ज्यान गएको हो।

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा मात्रै २१ जनाको मृत्यु भएको र ३ जना बेपत्ता भएका छन्। मंगलबार राति पहिरोमा पर्दा पाँचथरको फिदिम–४ मा २, फाल्गुनन्दमा ३ र कुम्मायकमा १ जनाको मृत्यु भएको छ।

इलामको फाकफोकथुम गाउँपालिकामा पुरिएर एकै परिवारका ४ सहित ६ जनाको ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077