Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा निस्कियो प्रधानमन्त्रीसहितको टोली

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि निस्किएका छन्। प्रधानमन्त्रीले देउवा नेतृत्वको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर सहभागी छन्।

बिहीबार अवलोकलनमा निस्किएको टोली शुरुमा सुर्खेत जाने छ। सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशमा भएको क्षतिका सन्दर्भ प्रधानमन्त्रीले बिफ्रिङ लिने छन्। त्यसपछि प्रधानमन्त्रीको टोली सुर्खेतबाट डोटीको दिपायल प्रस्थान गर्नेछ। दिपायलबाट प्रधानमन्त्रीको टोली बझाङतिर लाग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बझाङबाट प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरा जानेछन्। त्यसपछि प्रधानमन्त्रीको टोली कञ्चनपुर प्रस्थान गर्ने छ। कञ्चनपुरबाट कैलाली गई बिफ्रिङ र अवलोकन गर्ने कार्यक्रम रहेको छ। टोली शुक्रबार बर्दिया र बाँके हुँदै मात्रै काठमाडौं फर्किने छ।

यस्तो छ भ्रमण तालिका :

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077