Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

खानेपानी कार्यालय जनकपुरका प्रमुखलाई सिके राउतका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए

जनकपुरधाम । जनमत पार्टीका (सिके राउत) कार्यकर्ताले खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहमाथि दुव्र्यवहार गरेका छन् ।

बिहीबार लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म  अर्धनग्न बनाई बजार परिक्रममा गराएका छन् ।

सडक विस्तारका क्रममा खानेपानीको पाइप ठाउँठाउँमा फुटेको र उक्त फुटेको पाइप मर्मत गर्न आग्रह गर्दा कुशवाहले जनकपुर नगरपालिकातिर जिम्मेवारी देखाउँदै आएको उनीहरुको आरोप छ ।

सोही विषयमा विवाद हुँदा सिके राउतका कार्यकर्ताले उनीमाथि दुव्र्यवहार गरेका हुन् ।

यसैबीच दुव्र्यवहार गरेको आरोपमा प्रहरीले जनमत पार्टीका कार्यकर्ता विजयकुमार यादवसहित सात जनालाई पक्राउ गरेको छ ।

जनकपुरधाममा जथाभावी तरिकाले सडक खनेको महिनौं बितिसक्दा पनि निर्माण अगाडि नबढाएको भन्दै जनमतका कार्यकर्ताले पटक–पटक प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077