Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५४५ जनामा संक्रमण पुष्टि हुँदा ८ जनाको मृत्यु, ७२६ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ७२६  जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ६ हजार ५८६  पीसीआर परीक्षणमा ४७० र १ हजार ९६३  एन्टिजेन परीक्षणमा ७५ जना गरी ५४५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही समयमा ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३२६ पुगेको छ।

यस्तै, हाल देशभर ११ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन्।

यसअघि हिजो बुधबार ६६२ जनामा संक्रमण पुष्टि हुँदा ७५८ जना डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077