Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाग्मती प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित, लम्बियो शाक्यको मुख्यमन्त्री पद

हेटौंडा । बाग्मती प्रदेशको प्रदेशसभाको बैठक कात्तिक १० गते बुधबारसम्मका लागि स्थगित भएको छ।

बिहीबार बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि दलीय धारणा राखिएसँगै बैठक कात्तिक १० गते सम्मका लागि स्थगित भएको हो।

दलीय धारणा राख्ने क्रममा विपक्षी गठबन्धनले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै आफूहरूको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका छन् ।

१०९ प्रदेशसभा सदस्य रहेको वाग्मतीमा सरकार जोगाउन कम्तीमा ५५ सांसद चाहिन्छ । प्रदेशसभामा एमाले विभाजनपछि ४३ सदस्यमा सीमित छ।

सत्ता गठबन्धनबाहिर रहेका अन्य साना दलसँग मिल्दा पनि मुख्यमन्त्री शाक्यका लागि आवश्यक मत पुग्दैन । एमालेबाट विभाजित बनेका नेकपा एकीकृत समाजवादीका १३ सांसद वहुमत अल्पमतका लागि निर्णायक छन्।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३ र जनता सामाजवादी पार्टीका एकसहित विपक्षी गठबन्धनसँग ६० प्रदेशसभा सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077