Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

होमवर्क नगरेका कारण शिक्षकले विद्यार्थीमाथि लात्ति बर्साए, १३ वर्षीय किशोरको मृत्यु

एजेन्सी – भारतको राजस्थानमा शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु भएको छ। चिलु जिल्लाको सालासर गाउँमा रहेको एक निजि विद्यालयका शिक्षकले कुटपिट गरेपछि ७ कक्षामा अध्ययनरत विद्यार्थीको मृत्यु भएको हो।

१३ वर्षीय विद्यार्थीले होमवर्क नगरेका कारण शिक्षक उनीसँग रिसाएका थिए। मृतक गणेश कोलासरका पिता ओमप्रकाशले घटनाबारे जानकारी दिँदै उजुरी दर्ता गराएका थिए। गणेशले पटकपटक शिक्षक मनोजले आफूलाई बिनाकारण कुटपिट गरेको कुरा उनका पितालाई सुनाएका थिए।

सदा झैं गणेश बुधबार पनि विद्यालय गएकका थिए। विहान करिब सवा नौ बजे शिक्षक मनोजले ओमप्रकाशलाई फोन गरेका थिए।

उनले फोनमा गणेशले होमवर्क नगरेको जानकारी गएका थिए। शिक्षकले आफूले पिटेपछि गणेश बेहोस भएको पनि जानकारी दिए।

त्यसपछि आत्तिएका ओमप्रकाशले घटनाबारे थप बुझ्दा मनोजले गणेशले मरेको नाटक गरिरहेको बताए। त्यसपछि ओमप्रकाश स्कुल पुगे। उनकी पत्नी त्यसअघि स्कुल पुगिसकेकी थिइन्। कक्षाका विद्यार्थीले शिक्षकले गणेशलाई लात्ती हानेर धेरै कुटपिट गरेको बताएका थिए।

गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको बताइएको छ। प्रहरीले आरोपी शिक्षकलाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077