Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नतिजा देखिने गरी काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

    नतिजा देखिने गरी काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा जानकारी लिएपछि कर्मचारीलाई निर्देशन दिँदै उनले आफू श्रमजीवीका पक्षमा काम गर्न जिम्मेवारीमा आएकाले त्यसका लागि सहयोग गर्न आग्रह गरे ।

    श्रम गर्ने श्रमिकको हकहित, रोजगार सिर्जना तथा रोजगारीमा रहेकाको सामाजिक सुरक्षाका निम्ति काम गर्ने र त्यसमा कर्मचारीका तर्फबाट सहयोगको अपेक्षा गरेको मन्त्री श्रेष्ठको भनाइ थियो ।



    कार्यक्रममा मन्त्रालयका सहसचिव डन्डुराज घिमिरेले श्रममन्त्री श्रेष्ठलाई मन्त्रालयका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखको उपस्थिति थियो ।



    यसैबीच श्रममन्त्री श्रेष्ठलाई तेक्वान्दो महासङ्घले आज सम्मान गरेको छ । महासङ्घका अध्यक्ष प्रकाश शम्शेर जङ्गबहादुर राणाले उनलाई सम्मान गरे । यसैगरी आज नै वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष कमल तामाङलगायतले मन्त्रालयमा पुगेर श्रममन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार