Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेकपा एसका सांसद श्रेष्ठले गरे संसदको रोष्ट्रममै मौन धारण

    नेकपा एसका सांसद श्रेष्ठले गरे संसदको रोष्ट्रममै मौन धारण

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 573
    SHARES

    काठमाडौं । बजेटमाथि छलफलको क्रममा नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले संसदको रोष्ट्रममै एक मिनेट मौनधारण गरेका छन् ।

    बजेटमा मधेश, मधेशी र मधेशमा बसोवास गर्नेहरुमाथि गरेको अपमान र नागरिकताविहिन जनताहरुको लागि संसदको रोष्ट्रमबाटै मौन धारण गरेका हुन् ।



    उनले सत्तासाझेदार दल भएपनि सरकारले ल्याएको बजेटमा मधेशलाई उपेक्षा गरेको भन्दै यथास्थितिमा बजेट पास गर्न नदिने चेतावनी समेत दिए ।



    सांसद श्रेष्ठले बजेट प्रधानमन्त्री, अर्थमन्त्री र मन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित भएको भन्दै विरोध जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार