Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्थिर अवधीमा पनि घरदैलो गरेको भन्दै किसान श्रेष्ठ र जितेन्द्र सोनललाई आयोगको १२ घण्टे पत्र

    स्थिर अवधीमा पनि घरदैलो गरेको भन्दै किसान श्रेष्ठ र जितेन्द्र सोनललाई आयोगको १२ घण्टे पत्र

    अनलाइन नेपाल
  • शनिबार, ३ मंसिर २०७९
  • 780
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी बारा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ ।

    निर्वाचनको स्थिर अवधि शुरु भइसकेको अवस्थामा प्रचारप्रसार जारी राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।



    यस्तै, आयोगले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रतिनिधि सभा क्षेत्र नम्बर ४ को प्रदेश सभा २ का उम्मेदवार जितेन्द्र सोनललाई पनि स्पष्टीकरण सोधेको छ । आयोगले दुबै जनालाई एकै व्यहोराको पत्र लेख्दै १२ घण्टा भित्र जवाफ दिन भनेको छ ।



    आयोगले भनेको छ,‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ को उपदफा (१) को खण्ड (क) मा ‘निर्वाचन प्रचार प्रसार लगायत कुँनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइँने’ व्यवस्था छ ।

    आचारसंहिताको त्यही दफाको उपदफा (१) को खण्ड (ग) मा ‘कुँनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माँग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुँने’ व्यवस्था छ ।’

    ‘तपाईंबाट निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ को उपदफा (१) को खण्ड (क) र खण्ड (ग) को विपरीत हुँने कार्य भएको ठहर भएमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही नहुँनु पर्ने कारण के छ ?,’

    आयोगले भनेको छ, ‘पत्र प्राप्त भएको समयले १२ घण्टा भित्र आयोगको इमेल वा जिल्ला निर्वाचन कार्यालय, बारामा प्राप्त हुँने गरी लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।’

    निर्वाचनको स्थिर अवधि शुरु भइसकेको अवस्थामा प्रचारप्रसार जारी राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । पत्र प्राप्त भएको समयले १२ घण्टाभित्र आयोगको इमेल ठेगानामा वा जिल्ला निर्वाचन कार्यालय बारामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार