Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अवरुद्ध भीमदत्त राजमार्ग तीन दिनपछि खुल्यो

डडेलधुरा । डडेल्धुरामा अविरल वर्षासँगै आएको पहिराका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिकाको भासु भिरमा आएको पहिरो पन्छाइए पनि डोटीको गोल्डेन र डडेल्धुराको साहुखर्कमा अवरोध भएका कारण राजमार्ग खुलेको थिएन ।

बुधबार वर्षा बन्द भएपछि निरन्तर डोजर लगाएर पहिरो पन्छाएपछि अहिले राजमार्ग पूर्णरूपमा खुलेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । अत्तरियादेखि डडेल्धुरासम्म अब कुनै अवरोध छैन ।

पहिरो गएको ठाउँठाउँमा नयाँ ट्र्याक खोलेर राजमार्ग सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बाटो खुलेपछि तीन दिनदेखि अलपत्र परेका सयौँ सवारीसाधन गन्तव्यतर्फ गएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077