Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रचण्डलाई 'पछार्ने' ओलीको अर्को रणनीति, १० औं महाधिवेशन चितवनमा गर्ने एमालेको तयारी

चितवन । नेकपा एमालेले १०औँ महाधिवेशन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला (चितवन)मा गर्ने भएको छ ।

आगामी मंसिर १०–१२सम्म हुने महाधिवेशनको व्यवस्थापनको जिम्मा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’लाई दिइएको छ । चितवन बादलको पनि गृह जिल्ला हो ।

तत्कालिन नेकपा विवादका बेला सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुन: पहिलेकै अवस्थामा फर्काइदिएपछि बादल माओवादी केन्द्र छाडेर एमालेतर्फ लागेका थिए।

आगामी चुनावमा प्रचण्डको विरुद्ध उमेदवारी दिन सक्ने बताउदै आएका बादलले प्रचण्डलाई धक्का (पछार्न) दिनकै लागि पार्टीको महाधिवेशन चितवनमा गर्न लागेको अनुमान गरिएको छ । तर, एमालेले भने चितवन देशकै मध्यभागमा पर्ने भएकाले चितवनमा महाधिवेशन गर्न लागिएको बताएको छ ।

यसै बिषयमा नेकपा एमाले चितवनले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरि १०औँ महाधिवेशनवारे दुईवटा सन्देश सार्वजनिक गरेको छ । एमाले स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज काशिनाथ अधिकारीले अनेक धक्का, विभाजन र विश्वासघातका बाबजुद एमाले नै देशको ठूलो पार्टी भएको सन्देश दिइने बताए ।

यस्तै, नेता अधिकारीले देशलाई समाजवादतर्फ लैजाने प्रष्ट दृष्टिकोण भएको पार्टी एमाले नै भएको जिकिर गर्दै जनताले ढुक्कसँग विश्वास गर्न सक्ने खालको पार्टीका रूपमा एमालेलाई स्थापित गरिने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077