Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

खानेपानी कार्यालयका प्रमुखपछि सांसद र मन्त्रीलाई पनि कारवाही गर्ने सीके राउतको चेतावनी

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले अब मेयर, सांसद र मन्त्रीहरुलाई पनि जनकारवाही गर्ने चेतावनी दिएको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले आज बिहान समाजिक संजालमार्फत् अब मेयर, सांसद र मन्त्रीलाई पनि जनकारबाही गर्ने चेतावनी दिएका हुन् ।

बिहीबार जनमत पार्टीका कार्यकर्ताले खानेपानी कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई अर्धनग्न गरी बजार घुमाएपछि उनले फेसबुकमा लेखेका छन्, ‘जनतामा धेरै डिमान्ड छ, मेयरको, मेयर मात्रै हैन, सुध्रेनन् भने सांसद र मन्त्रीमाथि पनि जन कारबाही हुनेछ।

यस्तै, अध्यक्ष राउतले कारबाहीको लागि हिजो जनताले जनकपुरका मेयरलाई नै खोजेको, तर उनले भागेर ज्यान जोगाएको दाबी गर्दै लेखेका छन्, ‘हिजो जनताले मेयरलाई नै खोजेका थिए । तर मेयरले लुकेर ज्यान जोगाए।'

आफू पहिले गालामा थप्पड हान्न दिने र बदलामा फूल दिने स्वतन्त्र मधेश गठबन्धनका संयोजक भएको भन्दै उनले अघि लेखेका छन्, ‘जनमत पार्टी स्वतन्त्र मधेश गठबन्धन होइन । स्वतन्त्र मधेश गठबन्धनका आफ्नै लक्ष्य र सिद्धान्त थिए । जनमत पार्टीको आफ्नै छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077