Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गिनिज बुकमा नाम लेखाउने ओलीको रहरले तीन वर्ष खेर गयो: गगन थापा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण देशले तीन वर्ष खेर फाल्नु परेको बताएका छन्।

शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको अधिवेशनमा बोल्दै नेता थापाले ओलीको तीन वर्षे कार्यकाल देशको लागि अवसर भएपनि खेर गएको बताए ।

कार्यक्रमा पूर्वमन्त्री समेत रहेका थापाले एमाले अध्यक्ष ओलीलाई संकीको संज्ञा दिंदै सन्काहा शासकलाई गिनिज बुकमा नाम लेखाउने रहरले तीन वर्ष खेर गएको टिप्पणी गरे।

‘अभूतपूर्व मौका पूर्वसरकारले पाएको थियो, थापाले भने, 'प्रत्येक क्षेत्रमा रिफर्म हुन्छ भन्ने थियो, तर सबै खेर गयो। ’

यसअघि गत बुधबार एमाले अध्यक्ष ओलीले  गिनिज बुक आधा त आफूहरुले गरेको कामले भरिने अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077