Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

योगेश भट्टराई वीर अस्पताल भर्ना, भेटघाट बन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् ।

विगत केही दिनदेखि बिरामी भएर घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रबार दिउँसो उनी वीर अस्पताल भर्ना भएको पारिवारिक स्रोतले जनाएको छ।

स्रोतका अनुसार अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ ।

भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार चिकित्सकले एकहप्तासम्म आराम गर्नुपर्ने सल्लाह दिएका छन् । 'उच्च ज्वरोका कारण आज उपचारका लागि वीर अस्पतामा भर्ना गरिएको छ', एमाले सचिव भट्टराईका स्वीकीय सचिव गुरागाईंले भने, 'उपचार भइरहेको छ, चिकित्सकले एकहप्तासम्म पूर्णरूपमा आराम गर्न भन्नुभएको छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077