Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अभिनयका लागि चलाउनुपर्ने गोली हिरोले वास्तवमै चलाएपछि सिनेमाटोग्राफरको मृत्यु, निर्देशक गम्भीर घाइते

एजेन्सी – फिल्म सुटिङको क्रममा हिरोले वास्तवकै गोली चलाएपछि सिनेमाटोग्राफरको मृत्यु भएको छ।

त्यस्तै गोली लागेर फिल्मका बिर्देशभकत घाइते भएका छन्।

यो घटना हलिउड फिल्म ‘रस्ट’ सूटिकङको क्रममा भएको हो। अभिनेता एल के बाल्डवीनले सूटिङको क्रममा वास्तविक गोली प्रहार गर्दा सिनेमाटोग्राफर हलिना हचिन्सको मृत्यु भएको छ भने फिल्मका बिर्देशभकत जोएल सुजा गम्भीर घाइते भएका छन्।

निर्देशकको हाल मेक्सिकन अस्पतालमा उपचार भइरहेको छ। ४२ वर्षीय सिनेमाटोग्राफर हचिन्स मारिएपछि धेरै फिल्मकर्मीले उनलाई श्रद्धाञ्जली दिन थालेका छन्। रिपोर्ट अनुसार अभिनेता बाल्डवीनले अभिनयका लागि चलाउनुपर्ने गोली वास्तविकतामै चलाइदिएका थिए।

न्यू मेक्सिको सहरस्थित बोनान्जा क्रिक रेन्च फिल्म सेटमा यो घटना भएको हो।

तर प्रहरीले यस घटनालाई लिएर कोहीमाथि पनि आपराधिक मुद्दा दायर गरेको छैन।
घटनापछि अभिनेता बाल्डवीन, बिर्देशभकत सुजा र रस्टको प्रोडक्शनको छिमले कुनै प्रतिक्रिया दिएका छैनन्। प्रहरीले घटनाबारे अनुसन्धान र सोधपुछ भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077