Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आर्थिक संकटका कारण इन्जिनियरले गरे आत्महत्या, खबर सुनेपछि प्रेमिकाले पनि त्यागिन् प्राण

एजेन्सी – भारतमा उच्च शिक्षा हासिल गरेको एक जोडीले आत्महत्या गरेका छन्। घटना पश्चिम बंगालको हुगली जिल्लाको हो।

कन्हाइपुरमा एक सफ्टवेयर इन्जिनियर र पिएचडी गरेकी उनकी प्रेमिकाले आ–आफ्नो कोठमा झुण्डिएर आत्महत्या गरेका छन्। मृतक युवकको नाम मनोजित सिन्हा हो। उनी कोलकताको एक ठूलो कम्पनीमा सफ्टवेयर इन्जिनियर थिए।

वर्धमान जिल्ला स्थायी घर भएका उनी नोकरीको सिलसिलामा हुष्ली भएका थिए। कन्हाइपुरमा उनी भाडाको कोठामा बस्दै आएका थिए। एकै इलाकामा रहने भएकाले उनीहरु दुईबीच चिनजान भयो।

तर कोरोना महामारीका कारण युवको जागिर खतरामा पर्यो। दुबै जनाको उमेर करिब ३५ वर्ष भएकाले विवाहको दबाब पनि थियो। जागिर जाने डर र आर्थिक संकटका कारण मनोजित मानसिक दबाबमा पनि परेका थिए।

पहिले मनोजितले कोठामा आत्महत्या गरेका थिए। यो खबर सुनेपछि उनकी प्रेमिका पूजाले पनि सोही तरिकाले आफ्नो प्राण त्यागेकी थिइन्। पूजाले आफ्नो ज्यान दिनुअघि एक सुसाइड नोट पनि लेखेको त्यहाँको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दुबै जनाको मृत्युलाई असामान्य भएको भन्दै अनुसन्धान शुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077