Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाली सेनामा जागिर खुल्यो, हेर्नुहोस् सूचना

काठमाडौँ । नेपाली सेनाले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आइतबार सेनाले एक सूचना जारी गर्दै विभिन्न निकायहरुमा रिक्त रहेको पदमा दरखास्त आह्वान गरेको हो।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको सैनिक कल्याणकारी महानिर्देशनालयले जनाएको छ । सेनाले कल्याणकारी कोष अन्तर्गत अस्पताल, विद्यालय, पेट्रोलपम्प लगायत सञ्चालन गर्दै आएको छ ।

सूचनाका अनुसार इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा दरखास्त दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077