Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केपी ओलीले मदन भण्डारीको हत्यारालाई लुकाएको जगन्नाथ खतिवडाको आरोप

झापा । नेकपा (एकीकृत समाजवादी)का नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन पार्टी महासचिव मदन भण्डारीका हत्यारालाई लुकाएको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भण्डारीको नाम बेचेर पार्टी चलाएको पनि खतिवडाको आरोप छ।

शनिबारबार एमाले अध्यक्ष ओलीको गृह जिल्ला झापामा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खतिवडाले यस्तो आरोप लगाएका हुन्।

कार्यक्रममा नेता खतिवडाले एमाले अध्यक्ष ओलीले भण्डारीको हत्यारालाई खोजी नगरेको र छानबिन समेत नगरेको भन्दै भने, ‘मलाई के लाग्छ भने उहाँहरुले हत्याको योजना बनाउनुभयो त म भन्दिन, हत्या गर्नुभयो पनि भन्दिन, तर हत्याराको प्रमाण लुकाउन उहाँहरु संलग्न हुनुहुन्छ भन्ने मलाई लाग्छ’, खतिवडाले भने, ‘होइन भने उहाँहरुले छानविन गर्नुपर्दथ्यो, खोजी गर्नुपर्दथ्यो, त्यसका लागि योजना बनाउनुपर्थ्यो ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077