Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाँचथर बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या चार पुग्यो, ६१ घाइते

पाँचथर । फिदिम नगरपालिका–४ सिवा खोलामा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा घाइते भई उपचारका लागि अस्पताल ल्याइएका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जसमध्ये तीन जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा घाइते भएका मोरङ लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्ज्वल मगरको फिदिमको पाथीभरा अस्पतालमा, इलामकी ३४ वर्षीया प्रमिला देवानको पाँचथर जिल्ला अस्पतालमा तथा उनकै सात महिने छोरा निश्चल देवानको समर्पित अस्पताल फिदिममा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालमै मृत्यु भएका एक महिलाको पहिचान हुन नसकेको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा थप ६१ जना घाइते छन् । घाइतेमध्ये हालसम्म ११ जनालाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि हिँडेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा सोमबार दिउँसो दुर्घटनामा परेको हो । अर्को सवारी साधानलाई उछिन्ने क्रममा बस सडकबाट करिब २० मिटर तल सडकमै खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077