Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पाँचथर बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या चार पुग्यो, ६१ घाइते

    पाँचथर बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या चार पुग्यो, ६१ घाइते

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 2.6K
    SHARES

    पाँचथर । फिदिम नगरपालिका–४ सिवा खोलामा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा घाइते भई उपचारका लागि अस्पताल ल्याइएका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जसमध्ये तीन जनाको सनाखत भएको छ ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा घाइते भएका मोरङ लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्ज्वल मगरको फिदिमको पाथीभरा अस्पतालमा, इलामकी ३४ वर्षीया प्रमिला देवानको पाँचथर जिल्ला अस्पतालमा तथा उनकै सात महिने छोरा निश्चल देवानको समर्पित अस्पताल फिदिममा उपचारका क्रममा मृत्यु भएको हो ।



    अस्पतालमै मृत्यु भएका एक महिलाको पहिचान हुन नसकेको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा थप ६१ जना घाइते छन् । घाइतेमध्ये हालसम्म ११ जनालाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।



    फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि हिँडेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा सोमबार दिउँसो दुर्घटनामा परेको हो । अर्को सवारी साधानलाई उछिन्ने क्रममा बस सडकबाट करिब २० मिटर तल सडकमै खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार