Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

जन्मकैद पाएका गोरेलाई अपहरण मुद्धामा १० वर्ष कैद र १३ लाख क्षतिपूर्ति भराउने फैसला

विराटनगर । साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका चूडामणि उप्रेती ‘गोरे’लाई अपहरण मुद्धामा १० वर्ष कैद र १३ लाख क्षतिपूर्ति गराउने फैसला भएको छ।

जिल्ला अदालत मोरङले अपहरण तथा शरीर बन्धक मुद्दामा गोरलाई सो सजाय सुनाएको हो। सोमबार अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण भएको हो।

यसअघि शाक्यको हत्यामा गोरेसहित ८ जनालाई दोषी ठहर गरिएको थियो। अपहरण तथा शरीर बन्धक मुद्दामा गोरे मात्रै दोषी ठहर भएका थिए।

यसअघि जन्मकैद सजाय सुनाइएका गोरेको कैदमा अपहरण मुद्दाको सजाय जोडिने छैन। दुवै सजाय सँगै अघि बढ्ने छ। ठोस प्रमाण नभेटिएको उल्लेख गर्दै गत असोज १९ गते करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना प्रतिवादीलाई जिल्ला अदालत मोरङले सफाइ दिएको थियो।

केही सहयअघि न्यायाधीश भरत लम्सालको इजलासले शाक्यको हत्या अभियोगमा गोरेसहित सवारी चालक टेकराज मल्ल ठकुरी, सहयोगी लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद सजायको फैसला सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077