Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेबाट निर्वाचित वडाध्यक्ष लागुऔषधसहित पक्राउ

सिरहा । प्रहरीले लागुऔषधसहित वडाध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका १८ का वडा अध्यक्ष रामसोगारथ यादव रहेका छन्।

भारतबाट फर्किदै गर्दा माडरमा चेकजाँच गर्ने क्रममा प्रहरीले वडा अध्यक्ष यादवको साथमा लागुऔषध फेला पारेको हो। उनको साथबाट नाइट्रोभेट १५ पिस ट्याब्लेट बरामत गरिउको छ।

सरकारी नम्बर प्लेटको स १ ब ९३८ नम्बरको मोटरसाइकलमा आइरहेका बेला उनको साथबाट लागुऔषध बरामद भएको थियो।

यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए। पार्टी फुटेपछि पनि उनी एमालमै थिए। प्रहरीले हाल थप अनुसन्धान भइरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077