Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीको प्रश्न- परमादेश त पाँच जनाले गरेका थिए, किन एक जनासँग मात्र राजीनामा मागेको ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।

मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले भने,' ‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ ? पाँचै जनाले राजीनामा दिनुपर्ने होइन र ?’

यस्तै अध्यक्ष ओलीले न्यायाधीशहरुले आफ्नो कमजोरी आफैं उधिन्न थालेको भन्दै सर्वोच्च अदालतमा अहिले तमासा देखिएको टिप्पणी गरे । ‘श्रीमान न्यायाधीश कसले के के गरेको थियो । अलिकति उधिन्न थाल्नुभएको छ’ उनले भने ।

पार्टीको अधिवेशन यसअघि यही कात्तिक ६ गते सबै वडास्तरमा सम्पन्न भएको छ भने बाढी पहिरो प्रभावित केही स्थानमा स्थगन भएको छ । पार्टीको नयाँ विधानबमोजिम गाउँ–नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।

एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दसौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077