Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दिल्लीमा कांग्रेस महामन्‍त्री कोइराला र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

    दिल्लीमा कांग्रेस महामन्‍त्री कोइराला र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

    भारत भ्रमणमा रहेका नेता कोइरालाले मंगलबार भारतको राजधानी नयाँदिल्लीमा भारतको सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटेका हुन् ।



    यसअघि चौथावालेको निमन्त्रणमा कांग्रेस सहमामन्त्री प्रकाशशरण महतको नेतृत्वमा कांग्रेसका ३ जना नेताहरू भारत भ्रमणमा गएका थिए।



    उनी निकट स्रोतका अनुसार दिल्ली पुगेका उनले मंगलबार नेता प्रदीप गिरीलाई भेटेका छन् ।

    कांग्रेस नेता गिरी पछिल्लो तीन महिनादेखि दिल्लीमा स्वास्थ्य उपचार गराइरहेका छन् । कोइरालाको साथमा कांग्रेस नेता पूर्वमन्त्री दिपक गिरीलगायतका नेताहरू भ्रमणमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार