Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री साउद र भाजपा विदेश विभाग प्रमुख चौथाइबालेबीच भेटवार्ता

    परराष्ट्रमन्त्री साउद र भाजपा विदेश विभाग प्रमुख चौथाइबालेबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 333
    SHARES

    काठमाडौं। भारतको दिल्ली पुगेका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय जनता पार्टी विदेश विभागका प्रमुख डा.विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

    भारतको विदेश मन्त्रालय र अबजर्व रिसर्च फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको रायसीना डायलग कार्यक्रममा भाग लिन त्यहाँ पुगेका परराष्ट्रमन्त्री साउदले चौथाईवालेसँग भेटवार्ता गरेका हुन् ।



    भेटमा दुई देशबिचको कूटनीतिक सम्बन्ध तथा भाजपा र कांग्रेसको सम्बन्धको बारेमा कुराकानी भएको थियो ।



    नेपाल–भारतको सम्बन्ध तथा भाजपा र कांग्रेस पार्टीबिच सम्बन्ध बलियो बनाउन परराष्ट्रमन्त्री साउदले खेलेको भूमिको चौथाइ बेलाले प्रशंसा गरेको बताइएको छ ।

    भारतले भुराजनीति र भूअर्थशास्त्रमा बहस चलाउनका लागि यो सम्मेलनको आयोजना गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार