Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दिल्लीमा कांग्रेस नेतृ आरजु र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

    दिल्लीमा कांग्रेस नेतृ आरजु र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन् ।

    भारत भ्रमणमा रहेकी आरजु र आफूबीच आइतबार भेट भएको चौथाइवालेले सामाजिक सञ्जालमार्फत् ट्विटरमार्फत जानकारी दिएका छन् ।



    यसअघि गत साउनमा चौथाइवाले नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पत्नी देउवाले उनलाई राखी समेत बाँधिदिएकी थिइन् ।



    प्रधानमन्त्री देउवा पुसभित्रै भारत भ्रमणमा जाने तयारी भइरहेका बेला त्यसअघि नै उनकी पत्नीले दिल्ली पुगेर त्यहाँको सत्तारुढ दलका विदेश विभाग प्रमुखसँग भेट गर्नुलाई महत्वका साथ हेरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार